बुधबार साँझ सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार यो सानो भूकम्प हो।
नेपाल भौगर्भिक दृष्टिले जोखिमयुक्त क्षेत्रमा पर्छ। नेपालको हिमालय क्षेत्रमा त्यो जोखिम अझ बढी रहेको भूकम्पविद् बताउँछन्।
यसअघि यही वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्युडको भूकम्प गएको थियो।
वैशाख ११ गते रुकुमपूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसअघि गएको फागुन १६ गते राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
Shares

प्रतिक्रिया