समाज


विदेश जाने व्यक्तिको लागि हवाइ टिकट र होटल बुकिङ गरिदिन्छु भनि लाखौँ ठगी

विदेश जाने व्यक्तिको लागि हवाइ टिकट र होटल बुकिङ गरिदिन्छु भनि लाखौँ ठगी

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १९:१२, काठमाडौँ

जर्मनमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङगता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूको लागि हवाइ टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ‘गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालि’का सञ्चालक २१ वर्षीय श्रृजेश कार्की रहेका छन्।

कार्कीले नक्कली कागजातहरू बनाइ ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ।

कार्कीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले जेठ ५ गते पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ।

अनुसन्धानका क्रममा कार्की हिसि शेर्पाको जाहेरीले ७ लाख ५० हजार रुपैयाँ रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त जनसेवाबाट फरार रहेको पाइएको छ।

यस्तै, राजिब तामाङको जाहेरीले ६ लाख रुपैयाँ रहेको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त दरबारमार्गबाट फरार रहेको पनि अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad