समाज


सिमराबाट बुद्ध एयरको विमानमा काठमाडौँ आउँदै गर्दा बाटैमा बितिन् बिरामी महिला

सिमराबाट बुद्ध एयरको विमानमा काठमाडौँ आउँदै गर्दा बाटैमा बितिन् बिरामी महिला

प्रतीकात्मक तस्बीर


नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:६, काठमाडौँ

बारास्थित सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौँ आउँदै गरेकी बिरामी महिला बाटैमा बितेकी छन्। 

काठमाडौँस्थित प्रहरी वृत्त, गौशालाले बुधबार दिएको जानकारीअनुसार रौतहट फतुवाविजयपुर नगरपालिका वडा नं. ११ घर भएकी ३९ वर्षीया राजकुमारी चौधरी बिरामी परेपछि उपचारका लागि मंगलबार अपराह्न ४ बजे सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर काठमाडौँ आउँदै थिइन्। तर उनी काठमाडौँ आइनपुग्दै जहाजभित्रै अचेत भइन्। 

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उनलाई साथमै रहेका श्रीमान् जंगबहादुर चौधरीले तत्काल उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगेका थिए। तर त्यहाँका चिकित्सकले उनको पहिले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। 

यसपछि मंगलबार राति नै महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रहरी वृत्त गौशालाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad