समाज


‘उपकरण नहुँदा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न समस्या’

‘उपकरण नहुँदा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न समस्या’

नेपालखबर
जेठ १९, २०८२ सोमबार १६:११, काठमाडौँ

चिकित्सकहरूले पाठेघरको मुखको क्यान्सर हुने एचपीभी भाइरसको सबै प्रकार परीक्षण गर्ने उपकरण नहुँदा समस्या भएको जनाएका छन्।

काठमाडौँ महानगरपालिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्यास र वीर अस्पतालले एक महिना सञ्चालन गरेको स्वास्थ्य शिविरको प्रतिवेदन बुझाउदै चिकित्सकहरूले एचपीभीको १६ र १८ को मात्र परीक्षण हुदा अन्य प्रकारको पहिचान हुन नसकेको जनाएका हुन्।

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा सन्ध्या चापागाईले २ हजार ५६४ जनाको सर्भाइकल क्यान्सर परीक्षणमा १ सय २६ जनामा एचपीभी पोजेटिभ देखिएको बताईन् । जसमा १३ जनामा एचपीभी १६ र १५ जनामा एचपीभी १८ पोजेटिभ देखिएको र अन्यमा कुन भाइरस लागेको हो पत्ता लगाउन नसकिएको डा चापागाईले जनाएकी थिईन्। 

‘अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने साधन छन्। शिविरबाट ९८ जनाको रिपोर्ट यी दुई समूहमा देखिएन। उहाँहरूको रिपोर्टलाई अन्य समूहमा राखिएको छ। महानगरपालिकाले यसको परीक्षणका लागि साधन उपलब्ध गरायो भने नमूनाको पुनः परीक्षण गरे कुन भाइरस हो भन्ने पत्ता लगाउन सकिन्छ। यसबाट नयाँ तथ्य आउँछ। यो तथ्य नीति तर्जुमा गर्नका लागि आधार बन्न सक्छ ’उनले भनिन्।

डा चापागाईका अनुसार एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ। यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुनेछ गरेको छ। 

चैत्र १२ देखि बैसाख १२ गते सम्म सञ्चालन भएको १ महिने निःशुल्क शिविरमा २ हजार ५६४ जनाको सर्भाइकल क्यान्सर, ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। जसमा ८५ प्रतिशत महिलाले पहिलो पटक परीक्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad