काठमाडौँको ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरुलाई ठमेलको होटल जिउ डिङ युयान बीन गुआन होटलबाट पक्राउ गरेको कार्यालय प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए।
पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेका छन्। चुनलिन डेढ महिना पहिले नेपाल आएको भेटिएको छ। सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन्। उनीहरू उक्त होटलमा सँगै बस्दै आएका थिए।
बरामद सुन परीक्षण गरिसकेको र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ।
1.0k
Shares

प्रतिक्रिया