समाज


गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

हत्यापछि उनले शव बेडमुनि लुकाएका थिए
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ

नेपालखबर
भदौ १, २०८२ आइतबार १२:५१, काठमाडौँ

काठमाडौँमा पत्नीको हत्या गरेर फरार भएका एक युवक पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका प्रहरीले जनाएको छ। 

गोंगबुस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा गएकाे शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो। 

सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो। 

उक्त शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

नुवाकोट ककनी गाउँपालिका-४ माइत भएकी बिकको करिब दुई वर्षअघि काभ्रे भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग बिवाह भएको थियो। 

मृतक महिलाका बुवाले दिएको जाहेरीअनुसार गएको साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएका थिए। त्यहीँ होटलमा ललिताको हत्या गरी शव बेडमुनि लुकाएर सन्तोष पर्सा भागेको अनुसन्धानको क्रममा खुलेको छ। 

घटना लुकाउन सन्तोषले साउन २८ गते प्रहरी वृत्त महाराजगन्जमा पत्नी हराएको भन्दै हुलियासहित निवेदन दिएका थिए।

तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि भने उनी भागेका खुलेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad