समाज


जलेका भवनमा मानव अस्थिपञ्जर भेटिएपछि प्रहरीले भन्यो- सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू

जलेका भवनमा मानव अस्थिपञ्जर भेटिएपछि प्रहरीले भन्यो- सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू

नेपालखबर
असोज १, २०८२ बुधबार ७:५१, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन गरेको छ।

आन्दाेलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएकाे थियाे।

काठमाडौँ जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचानसमेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रहरीले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रमपछि हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनका सदस्यहरू कोही भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२, mpcd [email protected] मा इमेल वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन हुन अनुरोध गरिएको छ। 

जिल्ला प्रहरी परिसरले अस्थिपञ्जरको पहिचानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad