काठमाडौं आइरहेको बा२०च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ यात्रु घाइते भएका छन्।
खुर्कोटनजिकै मरिन डाइभर्सननजिक बोलेरो दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। खुर्कोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको थियो।
बिहान ११ः४५ मा सिन्धुलीको सुनकोशी गाउँपालिका ६ भालुखोलास्थित बीपी राजमार्गमा काठमाडौंबाट धापचौकी आइरहेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
सिन्धुलीका चालक ओमबहादुर रानाले बोलेरो चलाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डबल क्याप बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।
सो लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको टोली र सशस्त्र प्रहरीको विपद् बेस खुर्कोटबाट निरीक्षकको संयुक्त प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल लगेको थियो।
यी हुन् घाइतेहरू
१) सिन्धुली गोलन्जोर ०४ का २० वर्षीया मालती खुलाल, छाती र पछाडि ढाडमा चोट (अवस्था सामान्य)
२) सोही स्थानका १७ वर्षीय भोज बहादुर थापा मगर, निधार, आँखा र टाउकोमा चोट (अवस्था मध्यम)
३) प्रेम मगर, टाँउकोमा घाँउ चोट (अवस्था गम्भिर)
४) जम्पा खुलाल मगरको निधारमा चोट (अवस्था सामान्य)
५) सुसन मगरको निधारमा चोट (अवस्था मध्यम)
६) केदार थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
७) रोजिना थापा मगर, छातीमा चोट (अवस्था मध्यम)
८) ज्ञानेन्द्र मगर, टाउको र छातीमा चोट (अवस्था सामान्य)
९) तारा बहादुर खुलाल, नाक बाँया कम्मर र छातीमा चोट (अवस्था मध्यम)
१०) नितेश मगर (अवस्था सामान्य)
११) रोश्मी मगर (अवस्था सामान्य)
१२) ओम आले मगर, छाती र ढाँडमा चोट (अवस्था सामान्य)
१३) ओम बहादुर राना (चालक), दुवै खुट्टाको घुँडामा सामान्य चोट (अवस्था सामान्य)
Shares

प्रतिक्रिया