समाज


ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

नेपालखबर
असोज २१, २०८२ मंगलबार २१:२४, ताप्लेजुङ

ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। 

त्यसैगरी दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन। दुई जना भने गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad