समाज


सेनाको भूमिकामा प्रश्न उठेपछि जंगी अड्डाको विज्ञप्ति- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

सेनाको भूमिकामा प्रश्न उठेपछि जंगी अड्डाको विज्ञप्ति- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १८:३, काठमाडौँ

नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्यांकन गरी आवश्यक पहल लिएको बताएको छ।

आफूबारे विभिन्न टिका टिप्पणी भएपछि सेनाले शुक्रबार विज्ञप्ति निकाल्दै विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त समेत गरेको छ। 

‘गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं।’

सेनाले सञ्चारमाध्यममा भइरहेका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ। ‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad