समाज


काठमाडौँको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नेपालखबर
असोज २६, २०८२ आइतबार १२:१४, काठमाडौँ

बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटारस्थित सडकमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-१ घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ निङमा शेर्पा गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते शेर्पालाई उपचारका लागि केएमसी अस्पताल, सिनामंगल पुर्‍याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad