समाज


उपरथी गणेशकुमार श्रेष्ठ बलाध्यक्ष रथीमा बढुवा

उपरथी गणेशकुमार श्रेष्ठ बलाध्यक्ष रथीमा बढुवा

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:१३, काठमाडौँ

नेपाली सेनाका उपरथी गणेश कुमार श्रेष्ठ रथीमा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। 

आइतबार प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय भद्रकालीमा रथीको दर्ज्यानी चिह्न प्रदान गर्दै श्रेष्ठलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ।

यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा असोज २५ गतेबाट अनिवार्य अवकाशमा गएका थिए।

रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि एक जना रथी रिक्त भएको थियो।

अर्का रथी प्रदीपजंग केसी बलाधिकृत रथी बनेका छन्।

दुई जना रथीको दरबन्दी रहने सेनामा महारथी (प्रधानसेनापति) पछि बलाधिकृत रथी र त्यसपछि बलाध्यक्ष रथी रहन्छन्। 

रथीमा बढुवा भएका श्रेष्ठ यसअघि सम्हार रथी विभागको प्रमुख थिए। उनी २०८० साउन ३० गते उपरथीमा बढुवा भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad