मुग्लिन-नारायणगढ सडक खण्डमा ढुंगा खस्ने क्रम नरोकिएकोले सतर्क भएर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ।
मुग्लिन- नारायणगढ सडक खण्डको तुईन खोला पुल र काली खोला नजिकै बेलाबेलामा ढुंगा खसिरहेका छन्।
त्यसरी खसेका ढुंगाहरू मेशिनको प्रयोग गरि हटाने गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
ढुंगाहरु खस्ने क्रम नरोकिए पनि सवारी आवागमन भने सुचारू नै रहेको कार्यालयले जनाएको छ।
वर्षातको समयमा मुग्लिन नारायणगढ सडक खण्डमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रहेर सुरक्षित यात्रा गर्न पनि कार्यालयले यात्रुहरुलाई आग्रह गरेको छ।
177
Shares

प्रतिक्रिया