कास्कीमा गाडीको ठक्करबाट एक व्यक्तिको ज्यान गएको छ।
पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सडकमा बाप्र०३–००१ ज १११४ नम्बरको ईभी गाडीको ठक्करबाट पैदलयात्री म्याग्दी रघुगंगा गाउँपालिका–४ घर भएका ३५ वर्षीय गोपाल गर्बुजाको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया