समाज


७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ

७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार २०:२३, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई जना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा रहेका छन्।

प्रहरीकाअनुसार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले २०८२ साल मङ्सिर २३ गते साँझ करिव ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१५, प्रतिमाचोकस्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक ईभी गाडीलाई जाँच गरेको थियो।

जाँचको क्रममा दुई जना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङ्गको सुटकेसभित्र लुकाइ छिपाइ राखिएको ६० हजार ५ सय ३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

थप अनुसन्धान पश्चात, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने स्थानबाट सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा १ कार्टुनभित्र १५ हजार ६ सय ४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएको थियो। यसरी सो कार्यमा संलग्न चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद भएको लागुऔषधको कुल सङ्ख्या ७६ हजार १ सय ७० पिस ट्याब्लेट रहेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४, रामगढवा बस्ने वर्ष २० का युवराज पटेल र वर्ष २१ का अफजल देवान छन्। अन्य पक्राउ पर्नेहरूमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका–६ बस्ने वर्ष १९ का रामहरि मगर र सिदलेख गाउँपालिका–७ बस्ने वर्ष १९ का राजकुमार मगराती  रहेका छन्।

पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी कसुरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रहरी प्रमुख सुदिपराज पाठकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad