कारागारबाट फरार एक व्यक्तिसहित दुई जना चोरीका दुईवटा मोटरसाइकलसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १८ नरदेवी घर भएका वर्ष २० को रोहित खड्गी शाही र जुम्लाको सिंजा गाउँपालिका २ घर भइ काठमाडौं, तारकेश्वर नगरपालिका ११ डाँडागाउँ हिलेटोलमा डेरा गरी बस्ने वर्ष २० को हरि शंकर शर्मा रहेका छन्।
काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागी फरार भएका चोरी मुद्दाका प्रतिवादी शाही हरि शंकर शर्माको डेरा कोठामा लुकीछिपी बसिरहेको अवस्थामा दुवैजना पक्राउ परेका प्रहरीले जनाएको छ।
उनीहरूलाई वसुन्धराबाट चोरी भएको लु. ५८ प ३९७५ नं. को रातो रंगको एफजेड मोटरसाइकल, भक्तपुरको ठिमी एरियाबाट चोरी भएको वास्तविक नं. प्लेट बागमती प्रदेश ०२-०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२- ०६० प ९७८६ नं. को नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटीएम डुक मोटरसाइकल र सामसङ कम्पनीको मोबाइल थान १ (एक) समेत फेला पारेको हो।
पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया