काठमाडौँको सिनामंगलस्थित एक काठ गोदाममा आगलागी भएको छ।
मंगलबार अपराह्न काठगोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए। ‘अहिले दकमल पुगेर आगो निभाउने कार्य भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने।
आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ। साँधुरो बाटो भएकाले दकमल पुग्न समय लागेको प्रहरीको भनाइ छ।
96
Shares

प्रतिक्रिया