समाज


आन्दोलनदेखि अर्थतन्त्रसम्मको मन्थन: 'कान्तिपुर कन्क्लेभ' मा आजदेखि राष्ट्रिय बहस

आन्दोलनदेखि अर्थतन्त्रसम्मको मन्थन: 'कान्तिपुर कन्क्लेभ' मा आजदेखि राष्ट्रिय बहस

शिरिन एबादी


नेपालखबर
माघ २६, २०८२ सोमबार १०:३६, काठमाडौँ

मुलुकको राजनीतिक अस्थिरता, आर्थिक सुस्ती र बढ्दो नागरिक असन्तोषबीच स्पष्ट मार्गचित्रको खोजी गर्न आज सोमबारदेखि काठमाडौँमा दुई दिने ‘कान्तिपुर कन्क्लेभ २०२६’ सुरु भएको छ।

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हुने यस सम्मेलनमा नेपालसहित विभिन्न देशका ५३ जना वक्ताहरूले राजनीतिक, सामाजिक र आर्थिक मुद्दामा बहस गर्नेछन्। कान्तिपुरका सीईओ महेश स्वाँरका अनुसार यो सम्मेलन वर्तमान अनिश्चितता चिर्दै सामूहिक कार्यदिशातर्फ लैजाने एउटा राष्ट्रिय पहल हो।

सम्मेलनको मुख्य आकर्षण नोबेल शान्ति पुरस्कार विजेता एवं इरानी मानवअधिकारवादी शिरिन एबादीले सोमबार बिहान नै 'कि-नोट' मन्तव्य दिएकी छिन्। एबादी लगायतका अन्तर्राष्ट्रिय वक्ताहरू शनिबार नै काठमाडौँ आइपुगिसकेका छन्।

सम्मेलनका प्रमुख सत्रहरू:

  • राजनीतिक बहस: पहिलो सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ मा ट्युनिसिया, श्रीलंका र बंगलादेशका प्रतिनिधिले जनआन्दोलनपछिको संक्रमणबारे चर्चा गर्नेछन्। त्यस्तै, विश्लेषक सीके लालले २००७ सालदेखि हालसम्मको क्रान्ति यात्राबारे प्रस्तुति दिनेछन्।
  • अर्थतन्त्रको पुनरुत्थान: गभर्नर डा. विश्वनाथ पौडेल, चन्द्र ढकाल र निर्वाण चौधरीसहितको टोलीले थलिएको अर्थतन्त्र र लगानीको वातावरणबारे छलफल गर्नेछन्।
  • डिजिटल र युवा आवाज: ‘जेन-जी’ विद्रोह र एल्गोरिदमले जनमतमा पार्ने प्रभावबारे दोभान राई र प्रतीक प्रधान लगायतले बहस गर्नेछन्।
  • भू-राजनीति र संघीयता: चीन, भारत र अमेरिकाका विज्ञहरूले नेपालको भू-राजनीतिक सन्तुलनबारे छलफल गर्नेछन् भने सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयताको उपलब्धिबारे बहस गर्नेछन्।

संवादबाट समाधानको खोजी
कन्क्लेभमा दुर्गा प्रसाईं र ऋषि धमला सहभागी हुने ‘जनताको प्यानल’ देखि कांग्रेस(एमालेका युवा नेताहरू प्रदीप पौडेल र योगेश भट्टराईसम्मले नेतृत्व हस्तान्तरणबारे धारणा राख्नेछन्।

राजनीतिक र सामाजिक अविश्वासलाई संवादमार्फत स्पष्टतामा बदल्ने मूल लक्ष्य राखिएको यो कार्यक्रममा हास्यव्यंग्य कलाकारहरूले समेत राजनीतिमाथि कटाक्ष गर्ने एउटा छुट्टै सत्र राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad