आज (बुधबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस छ।
हिजो (मंगलबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो तर पछि बिहान ८:४५ बजे थोरै घटेर ८.३ डिग्री सेल्सियस कायम भएको छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुईपटक मापन गर्ने गरेको छ तर अन्तिम मापन आधिकारिक हो। किनकि सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।
सोमबार काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सयस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार थोरै तलमाथि भइरहे पनि हाल काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्दो क्रममा छ।
मंगलबार यस्तो थियो तापक्रम सूची

Shares

प्रतिक्रिया