आज शनिबार, ९ फागुन २०८२ (२१ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: नजिकका व्यक्तिबाट काममा बाधा होला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। झुट नबोल्ने।
वृष: धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। व्यापार व्यवसायबाट राम्रै प्रतिफल मिल्नेछ। दिउँसो कतै घुम्न निस्कने अवसर मिल्ला।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट पनि लाभ रहला।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कर्कट: एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा-व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: दिन मध्यम खालको छ। आफन्तसँग विवाद पर्ने सम्भावना छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। तर, धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। ‘फरक सोचले नै फरक सफलता मिल्नेछ’ भन्ने मन्त्र सम्झनुहोला।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। नयाँ सोचले नयाँ ढोका खोल्छ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: पारिवारिक सद्भाव बढ्नेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य नै रहनेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक: सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको सहयोग पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सहकर्मीबाट विरोध आउला। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
मकर: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र या उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: आँटेको काम सम्पन्न हुन्छ र त्यसबाट फाइदा समेत हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन: नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ। अधुरा कार्यले गति लिनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
Shares

प्रतिक्रिया