जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (आइतबार बिहान) तराईका केही स्थानमा हुस्सु लागेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली (आकाशमा थोरै बादल) छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश सफा) छ।
दिउँसो र रातिचाहिँ कस्तो होला मौसम? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
दिउँसो: देशको हिमाली क्षेत्रमा मौसम साधरणतया बदली (आकाशमा बादल) हुनेछ। पहाडी भूभागमा मौसम आंशिक बदली हुनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र बागमती प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
राति: तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा मौसम आंशिक बदली हुनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

Shares

प्रतिक्रिया