समाज


संखुवासभामा भूकम्पको धक्का

संखुवासभामा भूकम्पको धक्का

नेपालखबर
फागुन १०, २०८२ आइतबार ९:१, काठमाडौँ

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ७ः३१ बजे रिताक केन्द्रबिन्दु भएर चार दशमलव एक ४ दशमलब १ रेक्टरस्केलको भूकम्प गएको हो। 

भूकम्पले क्षति भए नभएको भने यकिन जानकारी प्राप्त भएको छैन। 

यसअघि गएको माघ २७ गते ताप्लेजुङको कञ्चनजङ्गा आसपास क्षेत्र केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने माघ २८ गते लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो। 

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad