एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट १९ वर्षीय युवक पक्राउ परेका छन्।
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठाडालाई शनिबार दिउँसो पक्राउ गरिएको हो।
रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
360
Shares

प्रतिक्रिया