दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ।
आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन्।
उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए।
प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो।
सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौँ भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए।
माइतीघर मण्डलाबाट शुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो।
150
Shares

प्रतिक्रिया