दाङको लमहीबाट घोराही जाँदै गरेको बस चिसापानीमा दुर्घटना हुँदा नौ याुत्र घाइते भएका छन्।
सोमबार लमहीबाट घोराहीतर्फ जाँदै गरेको लु २ ख ३२७७ नम्बरको बस घोराही उपमहानगरपालिका-३ स्थित चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, घाइतेमध्ये सात जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
त्यस्तै, दुई जना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बस चालक दाङको राप्ती गाउँपालिका-५ सिहनियाका ३५ वर्षीय केशरबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना लगत्तै बाटो अवरुद्ध भए पनि अहिले सञ्चालन आएको प्रहरीले जनाएको छ।
195
Shares

प्रतिक्रिया