समाज


वसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली

वसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली

रासस
फागुन १२, २०८२ मंगलबार १४:१०, काठमाडौँ

फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार मंगलबार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो। 

निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले मागेअनुसार आज बिहान ०७ः१३ बजे पूर्वफर्केर चिर ठड्याउने साइत दिइएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले दिए। 

प्रत्येक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन बिहान वसन्तपुरमा चिर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ। फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ।

चिर ठड्याएसँगै वसन्तपुरमा रङ्गीबिरङ्गी रङ खेली मानिसले खुसी मनाएका थिए। 

फाल्गुन शुक्ल पूर्णिमाका दिन फागुन १८ गते सोमबार राति ५ः३१ चिर ढाल्ने साइत समितिले दिएको छ। 

त्यसै दिन राति ५ः५१ बजे चिर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ। यस वर्ष पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराइका जिल्लामा फागुन १९ गते मङ्गलबार फागु पर्व मनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad