समाज


४ जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

४ जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १४:३०, काठमाडौँ

विभिन्न जिल्लामा चार जनाको शव फेला परेको छ। 

नवलपरासी, काभ्रे, सुनसरी र मोरङमा चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित सूर्यपुरा हाइड्रो पावरको ड्याममा एक पुरुषको शव फेला परेको छ। 

हाल नाम, थर र वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन्। 

त्यसैगरि काभ्रेमा पनि एक पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ। 

धुलिखेल नगरपालिका-७ अड्डाबजारमा डेरा गरी बस्ने काभ्रेकै नमोबुद्ध नगरपालिका-५ कमिरे घर भएका ६० वर्षीय हिराकाजी लामा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका परेका हुन्। 

त्यसैगरि सुनसरीको दुहबी नगरपालिका-६ मा पनि एक पुरुष मृत भेटिएका छन्।

स्थानीय काली मन्दिर नजिक बाटो छेउमा दुहबी नगरपालिका-६ खत्बे टोल बस्ने ४५ वर्षीय संतोष साह पनि मृत भेटिएका प्रहरीले जनाएको छ।  

त्यसैगरि मोरङको मिक्लाजुङ गाउँपालिका-३ कालीदह बस्ने ६६ वर्षीय रेवत श्रेष्ठको पनि शव फेला परेको छ। 

सोही ठाउँस्थित बाटोमा गएराति उनी मृत अवस्थामा फेला परेका हुन्। यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad