लायन्स क्लब अफ पोखरा हेरिटेजले पोखरा गौशालामा गौशाला हस्तान्तरण गरेको छ।
हेरिटेजले शनिबार एक कार्यक्रम गर्दै पोखरा वडा नम्बर १५ मजुवामा बनाएको गौशाला हस्तान्तरण गरेको हो।
लायन्स क्लब ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर पार्वती खरेल पाण्डे र लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष मिलन जि.सीले पोखरा गौशालाका परिकल्पनाकार तथा संरक्षक नन्द गोपाल दास (ई. नरेन्द्र कुँवर) लाई गौशाला हस्तान्तरण गरेका हुन्।
हेरिटेजले लायन विजय पौडेल, देव बहादुर जि.सी र लक्ष्मी जि.सीको जन्मदिनको अवसर पारि गौशाला निर्माण गरेर हस्तान्तरण गरेको हो।
करिब ४ लाख २५ हजार रुपैयाँ लागतमा गौशाला निर्माण गरिएको हेरिटेजका अध्यक्ष मिलन जि.सीले बताए।

उनले भने, ‘गौशाला हस्तान्तरण सँगै १२ हजार ५ सय रुपैयाँको दाना, चोकर र भेली पनि वितरण गरिएको हो। यसले गाईहरूलाई बस्नका लागि मात्र केही महिनालाई पुग्ने दाना चोकर पनि सहयोग गरेका हौँ।’
पोखरा गौशालाका परिकल्पनाकार तथा संरक्षक नन्द गोपाल दासले गाइ माता बस्नका लागि बासस्थान बनाइदिएकोमा धन्यवाद दिए।
उनले भने, ‘हामीले सडकमा छाडिएका गाईहरूलाई ल्याएर राख्ने गरेका थियौँ। पोखरा हेरिटेजले गाइहरू बस्ने बासस्थान बनाइदिनु भएकोमा धन्यवाद।
पोखरा गौशालाले पोखराका विभिन्न सडकमा छाडिएका गाईहरूलाई लगेर संरक्षण दिने काम गर्दै आएको छ।’

Shares

प्रतिक्रिया