इरान युद्धका कारण मध्यपूर्व क्षेत्रमा अलपत्र परेका नेपालीको विवरण संकलन आवश्यक सहयोगका लागि सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ। इरानले पनि मध्यपूर्वका अमेरिकी सैन्य अखडा र इजरायलमा प्रत्याक्रमण गरिरहेको छ। जसले गर्दा मध्यपूर्व क्षेत्रमा रहेका नेपाली अप्ठेरोमा परेका छन्।
मध्यपूर्वको तनावका कारण अलपत्र परेका नेपालीको विवरण संकलन र आवश्यक सहयोग गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालन गरेको हो।
अलपत्र परेका नेपालीले अनलाइनमार्फत विवरण भर्न सक्नेछन्। उनीहरूको अवस्था हेरेर उद्धार तथा सहयोग गरिने कन्सुलर विभागले जनाएको छ।
मध्यपूर्वका यूएई, कतार, ओमन, बहराइन, साउदी अरबलगायतका देशमा रहेका नेपाली अनलाइन पोर्टलमार्फत जानकारी गराउन सक्नेछन्। कन्सुलर विभागले विवरण भर्न आग्रह गरेको छ। मध्यपूर्वमा रहेका नेपालीले यो लिंकमा गएर विवरण भर्न सक्नेछन्।

प्रतिक्रिया