समाज


जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८२ बुधबार ८:२३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। 

सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए।

मौन अवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन्।

उनी सिराहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका थापाले जानकारी दिए। 

उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ। सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

उनीहरूलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ को स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad