बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गरेका छन्।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उनले यो सडकको शिलान्यास गरेका हुन्।
त्यसक्रममा उनले अब सडक निर्माणसँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताए।
सूर्यविनायक नगरपालिका वडा नम्बर ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने अपेक्षा छ।
पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि सडक निर्माण सुरु गरिएको छ।
अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ। रासस
Shares

प्रतिक्रिया