मानिसको फोक्सोका साथै घाँटी, मुटु, कलेजो, दिमाग, मृगौला तथा आन्द्रामा कोरोना भाइरसले असर गर्ने अनुसन्धानले देखाएको सीएनएनले जनाएको छ।
युनिभर्सिटी अफ हङकङको अनुसन्धानमा कोरोना भाइरसले मानिसको आन्द्रमा असर गरेको देखिएको छ।
यस्तै न्यु इन्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानमा कोरोनाले अन्य मानव अंगमा असर गरेको देखिएको उल्लेख गरिएको छ।
विज्ञका अनुसार डाएबिटिज तथा किड्नी, मस्तिष्क र मुटु सम्बन्धी रोग लागेका मानिसमा कोभिड १९ घातक देखिएको छ।
कोरोना भाइरसले फोक्सोमा असर गर्ने र त्यसले सास फेर्न गाह्रो बनाउने पहिले विज्ञहरुले बताएका थिए।
तर हालैका दिनमा कोरोना भाइरसका नयाँ लक्षण देखिन थालेका छन्। यसबीचमा कोरोनाले फोक्सो बाहेकका मानव अंगमा पनि असर गर्ने देखिएको हो। एजेन्सी
3
Shares

प्रतिक्रिया