समाज


आज काठमाडौँसहित यी ३१ जिल्लामा छ बाढीको जोखिम

आज काठमाडौँसहित यी ३१ जिल्लामा छ बाढीको जोखिम

नेपालखबर
साउन १, २०८३ शुक्रबार ९:२२, काठमाडौँ

आज शुक्रबार पनि देशका ३१ जिल्ला र त्यस आसपास आकस्मिक बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाढी महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासीपूर्व, पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ। 

यसैगरी ओखलढुंगा, रामेछाप, रुकुमपूर्व, जाजरकोट, डोटी, डडेल्धुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

बाढीबारे विस्तृत विवरण तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad