शनिबार साँझ आएको हावाहुरीले घरको पर्खाल भत्किँदा सिराहामा पनि एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन्।
स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको बेला आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो।
हुण्डरीले जस्तापाता उडेसँगै घरको पर्खालसमेत भत्किँदा इँटाले टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
शव परीक्षणका लागि अस्पताल पठएको छ।
शनिबार साँझ महोत्तरीमा पनि हावाहुरीले ढलेको रुख सडकमा गुडिरहेको टेम्पोमा बजारिँदा दुई जनाको मृत्यु भएको थियो।
गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ। हावाहुरीले अन्नवाली र फलफूल खेतीमा पनि ठूलो क्षति गरेको किसाहरुले बताएका छन्।
Shares

प्रतिक्रिया