समाज


गर्भवतीको मृत्यु घटना छानबिन गर्न मेडिकल काउन्सिलले बनायो उच्चस्तरीय समिति

गर्भवतीको मृत्यु घटना छानबिन गर्न मेडिकल काउन्सिलले बनायो उच्चस्तरीय समिति

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १७:३, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले बुटवलको एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। 

बुधबार काउन्सिलले व्यावसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार, सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

उच्चस्तरीय टोलीमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्राडा पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानुन विज्ञ गोविन्द मरासिनी र नागरिक समाजका प्रतिनिधि दिनेश पाण्डे छन्। 

टोलीलाई बुटवलस्थित सम्बन्धित स्वास्थ्य संस्थामा स्थलगत अनुगमन तथा निरीक्षण गर्न, घटनाको वास्तविकता पत्ता लगाउन भनिएको छ। 

काउन्सिलले छानबिन प्रक्रिया स्थानीय जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढाइन जनाएको छ। दोषी भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने काउन्सिलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad