समाज


पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना, ३१ जना घाइते

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना, ३१ जना घाइते

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १८:९, दमौली (तनहुँ)

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। 

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad