समाज


विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

नेपालखबर
बैशाख १४, २०८३ सोमबार २०:१, काठमाडौँ

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो। घटनामा अन्य २५ जना घाइते भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ। यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिए। 

यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन्। ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ। देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए। 

प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्बाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन्। यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad