समाज


म्यानपावर कम्पनीसँग नगदमा कारोबार नगर्नू: रोजगार विभाग

म्यानपावर कम्पनीसँग नगदमा कारोबार नगर्नू: रोजगार विभाग

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १८:३९, काठमाडौँ

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीसँग नगदमा कारोबार नगर्न वैदेशिक रोजगारमा जान चाहने युवालाई आग्रह गरेको छ। 

बिहीबार विभागले सूचना जारी गरी नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्‍याउन कठिन हुने भएकाले नगदमा कारोबार नगर्नु भनेको हो।

‘कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आवद्ध कर्मचारी/प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानको लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु नगराउनु हुन अनुरोध छ,’ विभागले भनेको छ। 

विभागले म्यानपावर कम्पनीलाई पनि नगदमा कारोबार नगर्न नगराउन अनुरोध गरेको छ। 

यससँगै वैदेशिक रोजगारमा जाने युवालाई बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्न आग्रह गरेको छ। ‘ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्थालाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ। 

यससँगै वैदेशिक रोजगारीमा जाने युवालाई रकम बुझाएको प्रमाण सुरक्षित राख्न भनेको छ।  सूचनामा भनिएको छ, ‘रकम बुझाएको प्रमाण, कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रुपमा राख्नुहुन समेत अनुरोध गरिन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad