सुकुम्वासीलाई राख्ने तयारी गरिएपछि नेपाल विद्युत प्राधिकरणले आफ्ना होस्टेल खाली गर्न सूचना जारी गरेको छ।
प्राधिकरणको तालिम व्यवस्थापन विभागका निर्देशक मोतीलाल महताराले शनिबार सूचना जारी गरी होस्टेल खाली गर्ने भनेका छन्। सूचनामा आजै ५ बजेसम्म होस्टेल खाली गर्न भनिएको छ।
प्राधिकरणले भक्तपुरको खरिपाटीमा तालिम सञ्चालनका लागि होस्टेल चलाइरहेको छ। अहिले पनि प्राधिकरणले आन्तरिक तालिम चलाइरहेको छ।
अहिले सञ्चालनमा रहेको फोरमे तालिम बाहेकका सबै तालिम पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। प्राधिकरणले भनेको छ, ‘तालिम व्यवस्थापन विभागमा सञ्चालनमा रहेका सम्पूर्ण तालिमहरू अर्को सूचना नभएसम्मका लागि मिति २०८३ वैशाख २० देखि स्थगित गर्ने तथा मिति २०८३ वैशाख २४ देखि सञ्चालन हुने तह चार फोरमेन पदको तालिम समेत अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।’
सरकारले सुकुम्वासी व्यवस्थापनका लागि होस्टेल उपलब्ध गराउन पत्राचार गरेको प्राधिकरणको सूचनामा उल्लेख छ। त्यसैले होस्टेल खाली गर्न जारी गरिएको सूचनामा भनिएको छ, ‘होस्टेल प्रयोग गरिरहनु भएका प्रशिक्षार्थीले २०८३ वैशाख १९ गते अपराह्न ५ बजेसम्म कोठा खाली गरिदिन हुन।’

Shares

प्रतिक्रिया