समाज


पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८३ आइतबार ६:३८, काठमाडौँ

केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग शनिबारसम्म पनि सञ्चालन हुन नसककेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले भने, “बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले स्थित बेनी–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ।”

अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad