सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस गरिएका न्यायाधीश डा. मनोजकुमार शर्मा इजलासमा बसेका छैनन्।
सर्वोच्च अदालतमा शुक्रबार १४ वटा इजालस तोकिएका छन्। तर, मल्ल र शर्मा कुनै पनि इजलासमा बसेका छैनन्।
त्यस्तै, अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि आजको इजलासमा छैनन्। बाँकी १५ जना न्यायाधीशका इजलास गठन गरिएका छन्।
बिहीबार संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
पहिलो वरीयतामा रहेकी कायममुकामय प्रधानन्यायाधीश मल्ल रोलक्रममा भए पनि संवैधानिक परिषद्ले चौथो नम्बरमा शर्मालाई रोजेको हो।
903
Shares

प्रतिक्रिया