वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँका नायब सुब्बा हेम बहादुर मस्राङ्गीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको दाबी छ।
आयोगका अनुसार आयोगको टंगालबाट खटिई गएको टोलीले नायब सुब्बा मस्राङ्गीलाई सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।
30
Shares

प्रतिक्रिया