राजनीति


नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयू इच्छुक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयू इच्छुक

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १७:५५, काठमाडौँ

युरोपेली संघ (ईयू)ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ।

इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताइन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचारविमर्श भएको थियो। 

भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गरे। उनले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकासलगायत क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे। 

राजदूत लोरेन्जोले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताएकी थिइन्। राजदूत रोरेन्जोले नेपाल–इयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad