सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
शनिबार (वैशाख २६ गते) गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी उल्लिखित पदमा आवेदन दिन इच्छुक र योग्य नागरिकलाई अनुरोध गरिएको हो।
दूरसञ्चार प्राधिकरणका लागि अध्यक्ष र चार सदस्य पदका निवेदन दिन भनिएको छ। जसमा जेठ ५ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ। यसको दरखास्त फारामलगायत विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।
यस्तै सुरक्षण मुद्रण केन्द्रका लागि कार्यकारी निर्देशक पदमा दरखास्त मागिएको छ।
यस पदमा जेठ पनि ५ गतेभित्र निवेदन पेस गर्न सकिनेछ। यसबारे विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।

24
Shares

प्रतिक्रिया