समाज


अख्तियार प्रमुख राईलाई धम्की दिने प्रकाश पाठक कारागार चलान

अख्तियार प्रमुख राईलाई धम्की दिने प्रकाश पाठक कारागार चलान

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १७:३१, काठमाडौँ

अख्तियार प्रमुख प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले शुक्रबार उनलाई थुनामा पठाउन आदेश आदेश दिएको हो।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा पाठकसहित तीन जनालाई प्रतिवादी बनाइएको मुद्दामा थुनछेक बहस भएको हो।          

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध भ्रष्टाचारको कसुरमा अनुसन्धान अगाडि बढाएपछि २ करोड रुपैयाँ दिएर अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिन लगाएका थिए। 

यो कसुरमा मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीको निर्देशन बमोजिम धम्की दिने काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको हो। 

उनीहरूविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। 

२०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्रमा राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए। तर अख्तियार प्रमुख राईले आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए।

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अगाडि बढाएको थियो। पाठकलाई इन्टरपोलकै सहयोगमा फिलिपिन्सबाटै पक्राउ गरेर ल्याइएको थियो। 

यस्तै अधिकारीले प्रेम राईलाई मोसो दल्न समेत लगाएको पाठकको दाबी छ। यसरी अख्तियार प्रमुखलाई मोसो दले तत्काल २ करोड दिने भनेको पाठकको बयान छ। 

अरु रकम पछि दिने भनेको उनले खुलाएका छन्। पाठकलाई प्रयोग गरेका अधिकारीविरुद्ध भने अख्तियारले नलिनचोक हेलिपोर्ट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनी हाल कारागारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad