समाज


३५ वर्षका युवकले चलाएको मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु

३५ वर्षका युवकले चलाएको मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु

फाइल फोटो


नेपालखबर
जेठ ३, २०८३ आइतबार १०:१२, काठमाडौँ

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

गएराति कमल गाउँपालिका- १ इट्टाभट्टास्थित भित्री सडक खण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय ७० शंखर प्रसाद ढुंगाना रहेका प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सुरुमा उपचारको लागि निम्स अस्पताल दमकमा पुर्‍याएको थियो।  

थप उपचारको लागि राति उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। राति पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा राखेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad