समाज


धुम्म भयो काठमाडौँ, मध्यमसम्म वर्षा हुने सम्भावना

धुम्म भयो काठमाडौँ, मध्यमसम्म वर्षा हुने सम्भावना

नेपालखबर
जेठ ६, २०८३ बुधबार ७:५५, काठमाडौँ

काठमाडौँ उपत्यकाकौ मौसम आज (बुधबार) बिहानैदेखि धुम्म भएको छ। अर्थात् आकाशभरि बादल लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी र बागमती प्रदेशको बिचमा पानी पार्ने प्रणाली विकास भएकाले काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको हो। 

‘काठमाडौँ उपत्यकामा तत्कालदेखि नै वर्षाको सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘मध्यमसम्म वर्षा हुने अनुमान छ। 

उनका अनुसार दिउँसो १२/१ बजे उतादेखि भने काठमाडौँ उपत्यकाको मौसम केही खुल्ने सम्भावना छ।

‘विकसित मौसम प्रणाली पूर्व लागेपछि काठमाडौँ उपत्यकाको मौसम पनि केही खुल्ने सम्भावना छ’, मौसमविद् अर्यालले भने, ‘त्यसो भनेर पूरै छ्याङ त हुने होइन अहिलेभन्दा केही खुल्ने र घाम देखिने सम्भावना छ।’  

देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजेपछि बुलेटिन जारी गर्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad