समाज


सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

फाइल फोटो


नेपालखबर
जेठ ७, २०८३ बिहिबार ९:३, काठमाडौँ

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रशारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। 

मन्त्रालयले आज सूचना जारी गर्दै आजदेखि यही जेठ १८ गतेसम्म आवेदन दिन सकिने गरी दरखास्त आह्वान गरेको हो। 

बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्यादेश मार्फत् विगतको सरकारले गरेका नियुक्ति खारेज गरेपछि संस्थाको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको हो। 

दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ।

यसअघि सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्ष डा. महेन्द्र बिष्ट थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad