समाज


आफ्ना लागि आर्थिक संकलन नगर्न सर्वोच्चका न्यायाधीशको अनुरोध

आफ्ना लागि आर्थिक संकलन नगर्न सर्वोच्चका न्यायाधीशको अनुरोध

नेपालखबर
जेठ १३, २०८३ बुधबार १२:२६, काठमाडौँ

भारतमा बोनम्यारोको उपचार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना लागि आर्थिक संकलन नगर्न अनुरोध गरेका छन्। 

बुधबार न्यायाधीश श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी आफ्नो स्वासथ्य अवस्थाबारे जानकारी गराएका छन्। भारतमा रहेका न्यायाधीश श्रेष्ठले उपचार भइरहेको जनाएका छन्। 

‘बोनम्यारो समस्याका कारण म अहिले भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेको छु,’ उनले भनेका छन्। 

आफ्नो स्वास्थ्य उपचारप्रति चासो राख्ने सबैप्रति अनुगृहित रहेको उल्लेख गरेका छन्। न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘मेरो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति म अनुगृहित छु।’

उनको उपचारका लागि न्याय क्षेत्रसँग सम्बन्धित संघसंस्थाले आर्थिक सहयोग संकलन गरिरहेका छन्। यसबारे आफूले जानकारी पाएको बताउँदै स्थगित गर्न आग्रह गरेका छन्।

‘मेरा शुभेच्छुक एवं शुभचिन्तकहरूले मेरो उपचारका सन्दर्भमा स्वस्फूर्त रुपमा सहयोग जुटाउने हेतुले रकम सङ्कलन गर्न थाल्नु भएको खबर पनि पाएको छु। न्यायसेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ,’ न्यायाधीश श्रेष्ठले भनेका छन्, ‘ यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनु हुन सबैमा मेरो विनम्र अनुरोध छ। आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नु हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad