समाज


२ महिला र २ पुरुष मृत भेटिए

२ महिला र २ पुरुष मृत भेटिए

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १३:४९, काठमाडौँ

विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला परेका छन्। 

पर्सा, मोरङ, प्यूठान र बारामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ। 

पर्साको वीरगन्ज महानगरपालिका-१६ बस्ने ३५ वर्षीया सुनिता ठाकुर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

उनको मृत्युका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी मोरङको रतुवामाई नगरपालिका-५ मल्दैया टोलस्थित बक्रा खोला किनारमा पनि एक महिला मृत भेटिएकी छन्। 

हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मृत भेटिएकी हुन्। 

त्यसैगरी प्युठानको नौबहिनी गाउँपालिका-१ खालीबाङ बस्ने ३४ वर्षीय तुला सिंह शेरचन पनि मृत भेटिएका छन्। 

उनी आफ्नै घर नजिक बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

त्यसैगरी बाराको सिम्रौनगढ नगरपालिका-९ झरौखर पोखरी नजिक एक युवक मृत भेटिएका छन्।

सडक छेउमा मृत भेटिएका अन्दाजी २८ वर्षीय युवकको हाल नाम, थर र वतन नखुलेको प्रहरीले जनाएको छ।  

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad